सत्तारूढ नेकपा (एमाले) को स्थायी कमिटी बैठक सोमबार बस्ने भएको हो । आइतबार पार्टीको विवाद समाधानका लागि गठित कार्यदलले गरेको १० बुँदे सहमतिलाई अनुमोदनका लागि सोमबार स्थायी कमिटीको बैठक बोलाइएको एमाले नेता शेरबहादुर तामाङले बताउनुभएका छन् । उहाँका अनुसार साँझ ५ बजे बैठकको समय निर्धारण गरिएको भए पनि त्यसअघि नै पनि बैठक सुरु हुनसक्ने सम्भावना हो । आइतबारको सहमति र आगामी रणनीतिका बारेमा अहिले पनि नेताहरूबीच अनौपचारिक छलफल भइरहेको तामाङले बताउनुभएका छन् । सोमबारको स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पनि सहभागी हुने उहाँको भनाइ हो । एमालेले भोलिका केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । एमाले नेता, कार्यदलका सदस्य प्रदीप ज्ञवालीले पार्टीको आन्तरिक समस्या विधिसम्मत ढंगले समाधान गर्ने, २०७५ जेठ २ गते अघिको पार्टी संरचनाबाट अघि बढ्ने, पार्टीमा योगदान दिएका नेताहरूलाई मातहत कमिटीमा समेट्ने सहमति आइतबार भएको जानकारी दिनुभए । पार्टीको एकता मर्यादाअनुसार अघि बढ्ने, सर्वोच्चको निर्णयपछि पनि पार्टी सहमतिअनुसार एकतावद्ध रुपमा अघि बढ्ने निर्णय कार्यदलले गरेका छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *