नेकपा एमालेले प्रतिनिधि सभाका सभामुख तथा निर्वाचन आयोगविरुद्धमा अदालत जाने तयारी गरेको छ । सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगले कानुन विपरीत दल विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै एमालेले रिट हाल्ने तयारी गरेको हो । आफ्नो पार्टीले कारबाहीको लागि सिफारिस गरेका १४ सांसदलाई कारबाही गरेको सूचना टाँस नगरेर गम्भीर गल्ती गरेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताएका छन । उनले केही दिनभित्रै अदालत जाने तयारी भइरहेको जानकारी दिएका छन । एमालेको यसअघिको स्थायी कमिटीको बैठकले पनि निर्वाचन आयोग र सभामुखविरुद्ध कानुनी लडाईँमा जाने निर्णय गरेको थियो । यसैबीच संविधानविद्रूले भने सभामुखले संसदीय मर्यादा पालना गर्न नसकेको व्याख्या गरेका छन् । पत्रकारहरुसँग कुरा गर्दै संविधानविद् डा. विपिन अधिकारीले संसद्मा सिफारिस गरिएका विषय सभामुखले कार्यान्वयन गर्नुपर्ने भए पनि त्यसो नभएको बताएका छन । उनले यो विषयमा सभामुखसहित अरु पक्ष पनि चुकेको औँल्याएका छन ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *