राष्ट्रपति विद्यादेवी भण्डारीले राजनितिक दल सम्बन्धि अध्यादेश प्रमाणित गरेपछि नेकपा एमाले र जनता समाजबादी जसपा फुटेको हो । तत्कालिन माओवादी केन्द्र र एमाले मिलेर नेकपा बनेपछिको राजनितिक शक्ति देखेर मधेसका दलहरु एक भएर जसपा बनेको थिए । नेकपा अलग भएसँगैको राजनितिक समिकिरणले जसपामा विवाद आएको थिए । एमाले टुक्रिएसँगै जसपा पनि फुटेको हो । नयाँ पार्टीको लागि सम्पूर्ण प्रक्रिया सुरु भइसक्दा पनि कार्यकर्ताले भने अझै पनि सहमतिकै चाहना व्यक्त गरेका छन् । पार्टी भित्रको शक्ति बाँडफाड र सरकारको विषयलाई लिएर सुरु भएको विवादले अन्तत नेकपा एमालेलाई दुई टुक्रा बनाएको हो । एमाले भित्रको विवादले झण्डै ५० वर्ष सहयात्रा गरेका दुई नेता केपि ओली र माधब कुमार नेपाल अलग्निुभएको हो । तर तल्लो तहका नेता कार्यकर्ता भने अझै पनि एकताको चाहनामा छन् । लामो सहयात्रा टुटाएको एमालेका कार्यकर्ता मात्रै होइन, झण्डै १५ महिना अघि एक भएका जसपाका कार्यकर्ताले पनि पार्टी फुट्दा राम्रो मानेका छैनन् । यसरी अध्यादेश मार्फत पार्टी फुट्ने र टुक्रने प्रवृति नकारात्मक भएको विश्लेषक जैनेन्द्र जीवन बताउनुहुन्छ । पार्टी नयाँ बनाएर जाँदा नेपाल उत्साहित देखिनुभएको हो । नयाँ तवरले अगाडी बढ्न खोज्नुभएका नेता नेपाललाई चुनौती किन पनि छ भने उहाँको विश्वासिलो पात्रका रुपमा रहेका दोस्रो तहका नेताहरुले साथ दिएका छैनन् । यस्तो अवस्थामा नयाँ बिचार र सिद्धान्त सहित युवा जमातलाई आकर्षण गरेर एमाले र अध्यक्ष ओलीले भन्दा राम्रो र आलोचना रहित बनेर अगाडी बढ्नु एमाले समाजबादीका लागि चुनौतीपूर्ण छ । संगठनात्मक संरचना र पद मिलाउने विषय नयाँ बनेका दुवै पार्टीका लागि चुनौतिपूर्ण हुनसक्छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *