नेकपा एमालेको स्थायी कमिटीको बैठक आईतवार बस्दैछ । दिउँसो ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा बस्नेगरी बैठक बोलाइएको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो । वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहमतिमा आउन तयार नभएको भन्दै एमालेले नेपाल पक्षलाई छाडेर अघि बढ्ने निस्कर्षका साथ बैठक गर्न लागेको हो । शनिबारका लागि बोलाइएको बैठक नेपाल पक्षसँग छलफलका लागि भन्दै अनौपचारिकतामा सीमित गरिएको थियो । एमाले नेता सुवासचन्द्र नेम्वाङले आईतवारको स्थायी कमिटीको बैठक अघिसम्म पनि सहमतिको प्रयास जारी राख्ने बताउनुभयो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *