काठमाडौँ उपत्यकाको फोहोर दैनिक बिसर्जन गरिदै आएको नुवाकोटको सिसडोलमा फोहोर संकलन गर्दै आएकाहरूलाई खाद्यान्नलगायतका सामग्री वितरण गरिएको हो । ककनी गाउँपालिका २ सिसडोलमा अजैविक फोहोर संकलन गर्दै आएका व्यक्तिहरूलाई खाद्यान्न सामग्री प्रदान गरिएको हो । ककनी गाउँपालिका कोरोना भाइरस व्यवस्थापन समितिको पहलमा नेपाल जेसुइट सोसाइटीले अजैविक फोहोर संकलन गर्ने व्यक्तिहरुलाई खाद्यान्न सामाग्री प्रदान गरेका छन् । ५० घरपरिवारलाई चामल, तेल, गेडागुडीलगायतको खाद्यान्न सामाग्री प्रदान गरिएको हो । त्यहाँ हाल ३ सय ६५ घरपरिवार अजैविक फोहोर संकलन गरेर दैनिक रुपमा गुजारा गरिरहेका छन् । उपत्यकाबाट भित्रने फोहोरमा अस्पतालजन्य फोहोरहरु बढी रहने र त्यसबाट कोरोना भाइरस सङ्क्रमण हुन सक्ने भन्दै ककनी गाउँपालिकाले फोहोर संकलन गर्न रोक लगाएको हो । संकलनको कार्य रोकिदा आम्दानीको स्रोत गुमेका र खाद्यान्न खरिद गर्न सक्ने अवस्था नभएकोले दाताहरु मार्फत खाद्यान्न सामग्री प्रदान गरिएको ककनी गाउँपालिका कोरोना भाइरस व्यवस्थापन समिति संयोजक तथा वडा नम्बर २ का वडाध्यक्ष केदार पौडेलले बताउनुभए ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *