काठमाडौं उपत्यका सहित विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएपछि दैनिक काम गरेर गुजारा गर्ने सर्वसाधारणलाई अप्ठारो पर्ने भएको हो । निषेधाज्ञामा काम नपाइने र व्यवसाय पनि नहुने भएपछी परिवार कसरी पाल्ने भन्ने उनीहरुमा चिन्ता बढेको हो । ठेलामा तरकारी बेचेर परिवार पाल्दै आउनुभएका कञ्चनपुर भिमदत्त नगरपालिकाका भावना लुहार, निषेधाज्ञा भएपछि कसरी बालबच्चालाई पाल्ने भन्ने चिन्ताले पिरोलेको बताउहुन्छ । अघिल्लो वर्ष लकडाउन हुँदा बिहान बेलुका खान मुस्किल परेको र यसपटक पनि उस्तै समस्या दोहोरीन थालेको उहाँको गुनासो हो । भावना जस्तै रुपन्देहीको देबदह नगरपालिका–३ का घनश्याम भण्डारी पनि उस्तै खाले चिन्तामा हुनुहुन्छ । यायातात मजदुरको रुपमा काम गरेर परिवार पाल्दै आउनुभएका उहाँलाई स्थानीय सरकारले राहतको व्यवस्था गरिदिन्छ कि भन्ने आश लागेको हो । सरकारको गत वर्षको तथ्याङ्क अनुसार कुल जनसङ्ख्याको १८ दशमलव ७ प्रतिशत अर्थात् ५० लाख भन्दा बढि नागरिक गरिबीको रेखामुनी छन् । जसमध्ये दिनभरी काम गरेर छाक टार्नेको सङ्ख्या आधा जति हो । उनिहरु निषेधाज्ञाको प्रत्यक्ष मारमा पर्नेछन् । रोगबाट जोगाउन गरिएको निषेधाज्ञाका कारण मजदुर वर्ग भोकभोकै नपरुन भनेर खाद्य सामग्री र आवश्यक परेका औषधि उपलब्ध गराउने तयारीमा कतिपय स्थानीय सरकार जुटेका छन् । निषेधाज्ञाको बेलामा दैनिक खान नपुग्ने वर्गलाई राहतको तयारी गरेको कञ्चनपुरको भिमदत्त नगरपालिकाका उपप्रमूख शुशिला चन्द सिंहले बताउनुभयो । तर, दाङको घोराही उप–महानगरपालिकाले भने राहत भन्दा पनि काम दिने योजना बनाएको नगरप्रमुख नरुलाल चौधरीले बताउनुभयो । काम खोज्नेहरुलाई उपहानगरपालिका भित्र सञ्चालित योजनाको काम पर्साको बहुदरमाई नगरपालिकाले भने आफुसँग बजेट नभएको हुनाले राहत दिन नसक्ने र त्यसबारेमा कुनैपनि योजना नबनाएको जनाएको हो । महामारीको रुपमा फैलिरहेको कोरोना सङ्क्रमणबाट जोगिन हाललाई निषेधाज्ञाको विकल्प छैन । तर, गरिखाने वर्गबारे सम्बन्धीत स्थानीय तह गम्भीर हुनुपर्ने देखिन्छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *