वैशाखको निर्वाचनका लागि तयारी प्रभावकारी नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगसँग असन्तुष्टि जनाउनुभएको छ । आयोगसँगको केही समयअघि भएको भेटमा त्यहाँका पदाधिकारीले तयारी अगाडि बढाएको बताए पनि हालसम्म पनि निर्वाचन कार्यक्रम सार्वजनिक नभएको प्रधानमन्त्री ओलीले बताउनुभयो । एकहत्तरौँ प्रजातन्त्र दिवसको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले कमलादीमा शुक्रबार आयोजना गरेको साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा उहाँले यस्तो उल्लेख गर्नुभएको हो । निर्वाचन हुन नदिनका लागि विभिन्न षड्यन्त्रहरु भइरहेकोले त्यसका लागि नेपाली जनता सचेत हुनुपर्ने उहाँको भनाइ थियो । उहाँले जनताको साथ लिएर सरकार अघि बढिरहेको बताउनुभयो । राज्यका विभिन्न निकायलाई धमक्याउने तर्साउने काम भइरहेकोमा आपत्ति प्रकट गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘विथोल्ने बिगार्ने तत्वदेखि सावधान हुन जरुरी छ ।’ बहुमत भत्काएर देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरिए पनि आफूले त्यसलाई सफल हुन नदिएको दावी उहाँको थियो ।
सम्बन्धित खवर

नेपालमा पनि ‘यास चक्रवात’को प्रभाव, सतर्कता अपनाउन आग्रह

बडा दसैँको आज पाँचौँ दिन, स्कन्दमाताको पूजा गरिँदै

लगातारको वर्षाले रुपन्देहीको देवदह क्षेत्र डुवानमा

कोरोना सङ्क्रमण दर रोक्न स्वास्थ्य मन्त्रालयलको विशेष अपिल

माथिल्ला तामाकोशीको प्राविधिक परीक्षण आईतबारबाट, आगामी हप्ताबाट विद्युत उत्पादन सुरु गरिने
