सुर्यदेव मंडल
नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ को वडा समितिको बृहतर बैठक बिहीवार सम्पन्न भएको छ । बैठकबाट नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएका वर्तमान उपसभापति बिमलेन्द्र निधीलाई शुभकामना दिईएको छ । बिहीवार विहान ८ बजे बसेको बैठकले निधीलाई सभापतिमा निर्वाचित गराउन सम्पुर्ण तवरले सहयोगमा जुटने निर्णय गरेको छ । निधीको उम्मेदवारीले देशभर नेका साथीहरुमा उत्साह छाएको भन्दै निर्वाचित गराउन आ आफनो स्थानबाट सबै एक जुट भई लाग्नेमा जोड दिईएको छ । नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ का वडा सभापति सुखचन्द्र मिश्रको अध्यक्षतामा बसेको बैठकमा नेकाका नेता दिगम्बर राय , विश्वनाथ यादव , शम्भुनाथ झा , रबिन्द्र सिंह , अरुण झा , जिवनाथ चौधरी , प्रकाश मिश्र सहितका नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *