नोबेल कोरोना भाइरसविरुद्धको खोप ल्याउन नेपाल वायु सेवा निगमको जहाज बिहीबार चीन जाँदै छन् । १० लाख मात्रा ‘भेरोसेल’ खोप ल्याउन निगमको बाइडबडी ए–३३० जहाज राति ११ बजे बेइजिङ जान लागेको महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार खोप लिएर विमान शुक्रबार दिउँसो २ बजे नेपाल फर्कनेछ र एक हप्तापछि फेरि १० लाख मात्रा खोप लिनका लागि विमान बेइजिङ पठाइनेछ । नेपाल सरकारले खरिद गरेको ४० लाख मात्रा कोरोनाविरुद्धको खोप अबको कम्तिमा चार हप्ताभित्र ल्याउने योजना रहेको निगमका महाप्रबन्धक पौडेलले बताउनुभयो । स्वास्थ्य मन्त्रालयले भने आगामी साउन ८ गतेसम्म खोप ल्याउन लागिएको जनाएको हो । चीनको सिनोफार्म कम्पनीबाट सरकारले सरकार–सरकार (जिटुजी) मार्फत चीनबाट खोप खरिद सम्झौता गरेको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *