धनुषाको शहिदनगर नगरपालिका वडा नं. ८ विसरभोरा उतरवारी टोलस्थित नाथ मन्दिर भैरव मन्दिरको आय व्यय प्रस्तुत गरिएको छ । स्थानीयहरुको सहयोगमा निर्मित सो मन्दिर निर्माणमा भएको आय व्यय शनिवार एक कार्यक्रमका बिच सार्वजनिक गरिएको छ । नाथ मन्दिरमा स्थानीयहरुको सहयोगबाट २ लाख २१ हजार ९ सय आय प्राप्त भएको छ । व्ययतर्फ ३ लाख ८७ हजार २ सय १९ रुपैया खर्च भएको छ । भैरव मन्दिरतर्फ ३ लाख ४६ हजार ६ सय ८१ रुपैया आय भएको छ भने खर्च ३ लाख ६८ हजार ७ सय ७५ रुपैया खर्च भएको छ । भैरव मन्दिर निर्माणमा रामप्रित रोहिता , रामजतन रोहिता , पल्टु रोहिता , रामबृक्ष रोहितले ३० हजार ६ सय पच्चिसका दरले सहयोग गरेका छन । आय व्यय प्रस्तुत कार्यक्रममा पप्पु प्रसाद रोहिता , उमेश मरिक , अमर प्रसाद रोहिता , अर्जुन गोईत , सुरेश गोहितमान , श्रीप्रसाद बिराजी , सोमनाथ रोहिता , राजेश रोहिता, शैलेन्द्र रोहिता, राम पृत राेहिता,राम जतन रोहिता, पल्टु रोहिता, रामवृक्ष रोहिता, सूर्यनाथ विराज, प्रवीण रोहिता, संजीव रोहिता, चन्देश्वर ठाकुर,वरुण बिराजी, संजय प्रसाद रोहिता, उपेन्द्र रोहिता सहितका गाउँलेहरुको उपस्थिति रहेको थियो ।

  • 546
    Shares
सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *