नागरिक समाजका अगुवाहरुले व्यक्तिहत्याको धम्की दिने भौतिक पूर्वाधारमन्त्री रेणु यादवलाई तत्काल पदमुक्त गर्न माग गरेका छन् । डा. केदारनरसिंह केसी, चरण प्रसाई, गणेशकुमार मण्डल, सुशील प्याकुरेल, तारानाथ दाहाल, इन्द्र अर्याल, महामुनिश्वर आचार्य र कनकमणि दिक्षितले नागरिक अपिल जारी गर्दै सामाजिक हिंसा फैलाउने अभिव्यक्ति दिएकोप्रति आपत्ति प्रकट गरेका छन् ।
मन्त्री यादवले गत माघ ५ गते रौतहटमा आयोजित कार्यक्रममा ‘गौर हत्याकाण्ड’ दोहोरिन सक्ने चेतावनी दिएकी थिइन् । उनले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई धम्की दिँदै गौर हत्याकाण्ड जस्तै अवस्था भोग्नुपर्ने चेतावनी समेत दिएकी थिइन् ।
नागरिक अपिलमा गौर हत्याकाण्डको स्वीकारोक्ति र हिंसालाई प्रोत्साहन गर्ने अभिव्यक्ति दिने यादव मन्त्री पदमा रहन अयोग्य भएको दाबी गरिएको छ । ‘ बहालवाला मन्त्रीले व्यक्ति हत्याको धम्की दिनु र विगतका हत्याकाण्डमा सामेल भएको विषयलाई गर्वका साथ स्वामित्व लिनु मुलुकमा जारी दण्डहीनताको प्रतिफल हो ’, अपिलमा भनिएको छ ।मन्त्री यादवको अभिव्यक्ति सार्वजनिक भएको ३ दिनसम्म नेपाल सरकारबाट कुनै चासो, चिन्ता वा सरोकार व्यक्त नहुनुले सरकारको धारणामाथि नै गम्भीर प्रश्न पैदा भएको बताइएको छ । उनीहरुले मुलुकमा कानूनी शासनको अनूभूति गराउन आवश्यक कदम चाल्न प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आग्रहसमेत गरेका छन् ।मुलुकमा कानूनको शासन कायम छ भन्ने अनुभूति जनतालाई गराउनु सरकारको पहिलो दायित्व हो र यसको अग्रसरता प्रधानमन्त्री शेरबहादुर देउवाले आफैं लिनु अतिआवश्यक छ । अतः हामी प्रधानमन्त्री देउवासमक्ष मन्त्री रेणु यादवलाई तत्काल पदमुक्त गरी कानूनी कारवाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौं’, नागरिक अपिलमा भनिएको छ ।नागरिक अपिल, जस्ताको तस्तै
हत्याकाण्डमा सामेल भएको स्वीकार गर्ने तथा व्यक्तिहत्याको धम्की दिने संघीय मन्त्री रेणु यादवलाई तत्काल पदमुक्त गर ।२०७८ माघ ७ संघीय सरकारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले यही २०७८ माघ ५ गते रौतहट जिल्लाको गौरमा आयोजित राजनीतिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा व्यक्तिहत्या र सामाजिक हिँसा फैलाउने अभिव्यक्ति दिएकोप्रति हामी गम्भीर आपत्ति व्यक्त गर्दछौं ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *