नेपाली कांग्रेस निकट तरुण दल जनकपुरधाम नगर समितिले नागरिकता ऐन संशोधन विधेयक विरुद्ध जनकपुरमा सिटी जुलुस प्रर्दशन गरेको छ । स्थानीय जनक चोकबाट निस्केको सिटी जुलुश शिव चोक हुंदै भानु चोकमा गई कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्दै वतmाहरुले नागरिकता ऐन संशोधन बिधेयक खारेज गर्नुपर्ने मांग गरे । वतmाहरुले विधेयकले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धमा नकारात्मक असर पर्ने बताउंदै सात वर्षे प्रावधानले नेपाली बुहारीहरुमाथि अन्याय हुने कुरामा जोड दिए । उनीहरुले संशोधन विधेयकले नेपाली बुहारीहरुमाथि राजनीतिक, आर्थिक र सांस्कृतिक शोषण हुनुका साथै मानसिक रुपमा प्रताडित हुने टिप्पणी गरे ।


तरुण दल जनकपुरधाम नगर समितिका सभापति पंकज महतोको अगुवाईमा भएको सो कोण सभामा आशुतोष झा नविन , सुभाष पाठक , ममता महतो , बिनय यादव , कपिलदेव यादव , संजिव यादव , संजय कर्ण , उदित मिश्र लगायतका वतmाहरुले आ—आफनो धारणा राखेका थिए । सभाको संचालन तरुण दल धनुषा उपसभापति राकेशबिक्रम साहले गरेका थिए । सिटी जुलुशमा तरुण दल धनुषाका संस्थापक सभापति ललन चौधरी , उपसभापति शम्भुनाथ झा , तरुण दल धनुषाका कोषाध्यक्ष अन्जनी झा(मन्ना) सहितका व्यतिmहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *