नागरिकका गुनासा सुन्ने संयन्त्र सरकारले गाउँ स्तरमै विकास गर्ने भएको छ । नागरिकलाई सरकारसँग जोड्न हेल्लो सरकार पोर्टललाई सबै स्थानीय तहसम्म विस्तार गर्न लागिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतमा रहेको हेल्लो सरकार कार्यालयले नागरिकका गुनासोलाई प्रभावकारी रुपमा संबोधन गर्नका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात सय ५३ स्थानीय तहसँग विवरण माग गरेको हो । हेल्लो सरकार पोर्टललाई सबै स्थानीय तहसम्म जोड्न नयाँ योजना ल्याइएको गुनासो सुन्ने इकाइका प्रमुख शेखर पौडेलले बताएका छन । यसका लागि पोर्टल व्यवस्थापनको काम सबै सकिएको इकाई प्रमुख पौडेलले जानकारी दिनुभयो । सरकारले २०६८ सालमा नागरिकको गुनासो सुन्न भनेर हेल्लो सरकार सेवा सुरु गरेको आठ वर्षको अवधीमा ९१ हजार एक सय २३ गुनासो आएका छन् । त्यसमा ६ हजार ४४ वटा मात्र गुनासा सुनुवाई हुन बाँकी छन् ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *