एमाले र माओवादी केन्द्र मिलेर बनेको तत्कालिन नेकपा अलग, अलग भएपछि संसदमा राजनितिक समिकरण र परिदृश्य दुबै फेरिएको हो । झण्डै २ तिहाइ बहुमत सहित सरकारको नेतृत्व गरिरहनुभएका केपी ओली संकटमा पर्नुभएको हो । परिस्थितिको फाइदा उठाउँदै नेपाली काँग्रेस आफ्नो नेतृत्वमा सरकार बनाउने तयारीमा छ भने जनता समाजवादी संसदको निर्णायक दल बन्न पुगेको हो । अब कसको नेतृत्वमा सरकार बन्ला ? भन्ने प्रश्नले सबैलाई उत्सुक बनाएको छ । अस्ति शुक्रबार माओवादी केन्द्र र जसपाका नेताहरुलाई बोलाएर काँग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकारमा जान औपचारिक प्रस्ताब राख्नुभयो । केही दिन यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाइ दिएको समर्थन फिर्ता लिने र नयाँ सरकार बनाउने दोहो¥याइरहनुभएको हो । माओवादीले समर्थन फिर्ता लिने बित्तिकै वर्तमान सरकार अल्पमतमा पर्छ । त्यसैले पनि सरकार माओवादीको निर्णय कुरेर बसेको छ । काँग्रेस र माओवादी दुबैले ओली सरकारको विकल्प खोजेका छन् । नयाँ सरकार बनाउन दुबै दललाई जसपाको साथ चाहिन्छ । एमाले पनि जसपाकै साथ लिएर सरकार जतिसक्दो लम्ब्याउने रणनितिमा हो । तर जसपा भित्र भने नयाँ सरकार बनाउने वा यहि सरकारलाई समर्थन दिने एक मत छैन । जसपाका नेता राजेन्द्र महतोले आफ्नो माग सम्बोधन गर्ने हो भने वर्तमान सरकारलाई नै सहयोग गर्ने बताउनुहुन्छ । हाल संसदमा कुनै पनि दलको बहुमत नभएकाले संविधानको धारा ७६ को २ अनुसार मिलिजुली सरकार बनाउनुपर्छ । नयाँ सरकार गठनका लागि १ सय ३८ सांसद आवश्यक पर्छ, हाल एमालेसंग १ सय २१, नेपाली काँग्रेसको ६३, नेकपा माओवादी केन्द्रको ४९ सांसद छन् भने जसपाको ३४ सिट हो । साना दल र स्वतन्त्र गरि ४ सांसद छन् । नयाँ सरकार गठन गर्न वा यहि सरकारलाइ निरन्तरता दिन राजनितिक दलले ३ बिकल्प प्रयोग गर्ने संभावना बढि देखिन्छ । पहिलो, एमाले र काँग्रेस मिल्ने, दोस्रो एमाले र जनता समाजवादी मिल्ने र यहि सरकारलाइ निरन्तरता दिने अनि तेस्रो, कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी मिल्ने र बर्तमान सरकारलाइ हटाउने । पहिलो दुई विकल्प प्रयोग गरेर यहि सरकारको निरन्तरता वा तेस्रो विकल्प अनुसार नयाँ सरकार गठन ? यस बारेमा भने टुङ्गो भने केही दिनमा लाग्ने देखिन्छ ।

  • 518
    Shares
सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *