नोबेल कोरोना भाइरस (कोभिड–१९) को नयाँस्वरुप ‘डबल म्युटेन्ट भेरियन्ट’ र ‘युके भेरियन्ट’ सङ्क्रमण देखिएका व्यक्तिको यात्रा विवरण खोजीमा तीव्रता दिइएको हो । ‘डबल म्युटेन्ट भेरियन्ट’ र ‘युके भेरियन्ट’ सङ्क्रमण देखिएका व्यक्तिको यात्रा विवरण खोजीमा विशेष योजनाका साथ लागिपरेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले जानकारी दिनुभयो । हङकङमा परीक्षणका क्रममा गत बुधबार ललितपुरका ५९ वर्षीय एक जनामा ‘डबल म्युटेन्ट भेरियन्ट’ र अन्य नौ जनामा ‘युके भेरियन्ट’ पुष्टि भएको थियो । सङ्क्रमित तीन हप्ता पहिले नेपाल आएकाले उनीहरूमा सङ्क्रमण नभए पनि अरुलाई सारेको हुनसक्ने भएकाले कन््याक्ट ट्रेसिङलगायतका कार्यलाई प्राथमिकता साथ निरन्तरता दिइएको निर्देशक पौडेलको भनाइ हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *