‘पढीलेखी के काम, हलो जोती खाए माम’ । नेपालीमा चर्चित यो भनाइले पढाइलाई भन्दा पनि श्रमलाई बढी महत्त्व दिने गर्छ । भिन्न सन्दर्भ र परिवेशमा यो भनाइको आफ्नै महत्त्व छ, होलान्  । तर कम्तिमा पढ्ने बानीले चाहिँ मानिसको लागि गर्ने थुप्रै फाइदाहरुमध्ये एउटा रमाइलो फाइदा पनि हुँदो रहेछः त्यो हो– आयु बढ्ने । अर्थात् बढी बाँच्ने ।

हो ! किताबी किराहरुका लागि खुसीको खबर छ । ‘सोसियल साइन्स एन्ड मेडिसिन’ जर्नलमा प्रकाशित एक नयाँ अध्ययनले पुस्तक पढ्ने मानिसहरु नपढ्नेभन्दा बढी बाँच्ने पत्ता लगाएको छ ।

अमेरिकाको प्रतिष्ठित विश्वविद्यालय एल विश्वविद्यालयका शोधकर्ताहरुले ५० वर्ष कटेका ३,६३५ सहभागीहरुलाई तिनको पठन बानीबारे सोधेका थिए ।

त्यस अध्ययनबाट प्राप्त तथ्याङ्कबाट उनीहरुले सहभागीहरुलाई तीन समूहबाट बाँडे । पठनका आधारमा तिनलाई त्यसरी विभाजन गरिएको थियो । पढ्दै नपढ्ने, हप्तामा ३.५ घण्टा पढ्ने र हप्तामा ३.५ घण्टाभन्दा बढी पढ्नेहरु गरेर तीन समूह बनाइएको थियो ।

अनुसन्धाताहरुले प्रत्यक समूहका सदस्यहरुलाई १२ वर्षसम्म पछ्याए । अध्ययनबाट सबैभन्दा बढी पढ्ने समूहको पनि पहिचान भएको थियो । यसमा उच्च आय भएका कलेज पढेका महिलाहरु थिए ।

अध्ययनको अवधिमा पठन गर्ने दुवै समूहका मानिसहरु बढी बाँचेको पाइयो । नपढ्नेहरु भन्दा हप्तामा ३.५ घण्टा पढ्नेहरु तुलनात्मक रुपमा २३ महिना बढी बाँचेको देखियो ।

mentalfloss.comसामान्यता अस्वस्थ मानिने बसेर गरिने पठनबाट पनि २० प्रतिशत मृत्युदर घटेको देखिनु निक्कै उल्लेखनीय कुरा हो । यसले ५० वर्ष नाघेका मानिसहरुको जीवनस्तर सुधार्न ‘पठन’ सबैभन्दा सजिलो तरिका रहेको देखाउँछ ।

उल्लेखित अतिरिक्त उमेरको मुनाफा ‘लिङ्ग, सम्पत्ति, शिक्षा अथवा स्वास्थ’ भिन्नताका बाबजुद सबै पठनशील सहभागीहरुमा लागू भएको पाइएको थियो । अध्ययनले सामान्यता अस्वस्थ मानिने बसेर गरिने पठनबाट पनि २० प्रतिशत मृत्युदर घटेको देखिनु निक्कै उल्लेखनीय कुरा हो । यसले ५० वर्ष नाघेका मानिसहरुको जीवनस्तर सुधार्न ‘पठन’ सबैभन्दा सजिलो तरिका रहेको देखाउँछ । 

माथिको परिणाममा थप सुधार गर्न सकिन्छ । यस अध्ययनबाट सहभागीहरुमध्ये ‘पुस्तक बाहेकका सामग्री पढ्नेको तुलनामा पुस्तक पढ्ने सहभागीहरु थप ४ महिना बढी बाँचेका थिए ।’

“१२ वर्षको अध्ययनका क्रममा पुस्तकका पाठकहरुले गैर–पुस्तक पाठकहरुभन्दा २० प्रतिशत कम मृत्युदर भोगेको देखियो,” शोधका एक लेखकले भने ।

अनुसन्धाताहरुले यसलाई निम्न रूपमा व्याख्या गरेका छन् : “त्यस अतिरिक्त, हाम्रो विश्लेषणले जुनै स्तरको पुस्तक पठनले पत्रपत्रिका पठनभन्दा बढी बाँच्न सघाएको देखाएको छ । यो एक महत्त्वपूर्ण खोज हो । यसअघिका अध्ययनले पठन सामग्रीको प्रकार बारेमा तुलना गरेको थिएन । यसले आम पठनभन्दा पनि पुस्तक पठनले थप बढी बाँच्न सघाउने कुरातर्फ सङ्केत गरेको छ ।”

पत्रपत्रिकाभन्दा पुस्तक पठनले बढी फाइदा दिनुको कारणमा पुस्तक पठनमा बढी बोधात्मक क्षेत्रहरुको संलग्नता हुनुले हो । प्रारम्भमा पढ्ने मानिसहरुले नपढ्नेहरुभन्दा उच्च बोधात्मक अवस्थाबाट सुरु गरेका हुँदैनन् । उनीहरु पठन कार्यमा मात्र संलग्न हुन्छन् । पछि पठनले उनीहरुको यी क्षेत्रहरुलाई उच्च बनाउँछ ।

“यी निष्कर्षले बोधात्मक स्तरलाई कायम गर्न सघाउने खालको एकाग्रता प्रकृतिको विकास गर्ने भएकाले पुस्तक–पठनले मानिसलाई बढी बाँच्न सघाएको देखायो,” अध्ययनका एक लेखकले भने ।

हरेक पुस्तक–प्रेमीलाई थाहा भएको कुरा हो कि पठनमा दुई प्रमुख बोधात्मक प्रक्रिया संलग्न हुन्छ: गहिरो पठन र भावनात्मक सम्बन्धन । गहिरो पठन सुस्त प्रक्रिया हो, जहाँ पाठकहरु पुस्तककै सन्दर्भभित्र र त्यसबाहिरको संसारमार्फत यसलाई बुझ्न खोज्छन् ।

pbs.twimg.comजुनै स्तरको पुस्तक पठनले पत्रपत्रिका पठनभन्दा बढी बाँच्न सघाएको देखाएको छ । यो एक महत्त्वपूर्ण खोज हो ।

भावनात्मक सम्बन्धन त्यो हो जहाँ पाठकहरु पात्रहरुको संवेदनासँग गाँसिन्छन् । यसले सामाजिक बोध र भावनात्मक बौद्धिकतालाई बढाउँछ । एल विद्यविद्यालयका अनुसन्धाताहरुको समूहले ती बोधात्मक प्रक्रियाहरुलाई उद्धरण गर्दै यस अध्ययनको मापकको रुपमा प्रयोग पनि गरेका छन् ।

‘उपयुक्त स्वस्थ व्यवहार र न्यून तनावमार्फत’ तिनले स्पष्ट रुपमा उमेर बढाउन फाइदा गर्न सघाउँछ, अध्ययनले भनेको छ ।

अध्ययनका लागि सङ्कलन गरिएका तथ्याङ्कहरु फोन सर्वेक्षणमार्फत सहभागीहरु आफैले टिपाएका थिए । यसका लागि इ–बुकको लेखाजोखा नगरिएको भए पनि सबै खालका पठन फलदायी हुने देखिएको छ । पठनले उमेर अनि ज्ञान बढाउनेबाहेक कुनै बेफाइदा गर्दैन !

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *