जनकपुरधाम , असोज ११
गंगा अवतरण दिवसको अबसरमा शुरु भएको पानी रे पानीको तहत नदी चेतना यात्रा सिरहाको प्रसिद्ध सारश्वर घाटमा आईतवार सम्पन्न भएको छ । कमला बचाउ अभियानका संयोजक बिक्रम यादवको अध्यक्षता भएको सो कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले पानीको बुँद बुँद अपरिहार्य रहेको बताउँदै पानी जोगाउन घर घरबाट एक अभियानी हुनुपर्नेमा जोड दिएका छन । कमला बचाउ अभियानले सिरहा नगरपालिका वडा नं. १२ कोे सारश्वर घाटमा आयोजना गरेको पर्यावरणमैत्री कार्यक्रममा सिडिओ कणेलले पानी र पर्यावरण जोगाउनको लागि एक घर एक अभियानी हुनुपर्ने जिकिर गरेका हुन् । समाजिक कार्यमा सधैं अग्रसर रहँदै आएका सिडिओ कणेलले कमला नदी नियन्त्रणलाई उच्च प्राथमिकतामा राख्न आवश्यक रहेको समेत बताए । उनले नदी नियन्त्रणलाई उच्च प्राथमिकतामा राख्न आवश्यक रहेको थपे । प्रत्येक व्यक्तिले आ–आफनो वुवा,वाजेको अन्य आफन्तको नाममा पाँच–पाँच वटा बृक्ष रोप्नु आवश्यकता समेत औल्याए ।

नदी नियन्त्रण गर्नका लागि ठुला ठुला अभर लोड गाडीलाई पनि नियन्त्रण गर्नुपर्ने उनको कथन थियो । उनले भने,–“एउटा गुरुयोजना बनाएर नदीलाई नियन्त्रण गर्न सकिन्छ । यसको लागि एक घर एक अभियानी भएर कार्यको थालनी पनि आवश्यक छ । यस्तोमा कमला बचाउ अभियान एक मूल मन्त्रको रुपमा स्थापित भएको छ । यसलाई निरन्तरता सबैले मिलेर दिनुपर्छ ।” सोही क्रममा आयोजक कमला बचाउ अभियानका संयोजक बिक्रम यादवले कमला नदी बचे मात्र यहाँको अस्तित्व बच्ने बताए । नेपालमा ६ हजार भन्दा बढी नदी रहेको त्यस मध्ये कमला नदी पनि एक रहेको उनले थपे । उनले भने– “कमला नदीमा भैरहेको उत्खननलाई अविलम्ब रोक्नुपर्छ । कमला नदी हामी सबैको माता (मा)को रुपमा चिनिएको छ । धार्मिक र साँस्कृति सम्बन्ध पनि कमला नदीसँग अभिन्न छ ।” यस्तै, पर्यावरण क्षेत्रमा निरन्तर काम गर्दै आएका समाजिक सँस्था सामुदायिक विकास तथा पैरवी मञ्चका संयोजक नागदेव यादवले कमला नदीलाई संरक्षणका लागी स्थानीय तह,स्थानीय समाज र आम समुदाय सबै जना मिलेर कमला नदीको नियन्त्रणमा जोड दिए । स्थानीय सरकार प्रदेश सरकारसंग समन्वय गरेर सिरहा र धनुषा कमला सिचाइसंग सम्बन्धि विभिन्न कार्यक्रम ल्याएर काम गर्नुपर्ने बताउँदै यादवले कमला बचाउ अभियानको लागि सँयोजक विक्रम यादवले चालेको कदमको सराहना समेत गरे ।

कमला बचाउ अभियानका संयोजक बिक्रम यादवले प्र.जि.अ प्रदीप राज कणेल र कमला नदी नियन्त्रणका डिई यज्ञ राज भट्टराईलाई सम्मान पत्र सहित सम्मान गरेका थिए । साथै कमला नदीको छेउमा बृक्षारोपन समेत गरिएको थियो । उक्त कार्यक्रममा रेडक्रस सिरहाका सभापति राजदेव यादव,कमला अभियानी भोगेन्द्र शाह,राजकिशोर यादव,बिरेन्द्र यादव,श्याम महतो,पत्रकार नरेशचन्द्र बरबरिया लगायत कमला अभियानीहरुको सक्रिय सहभागी रहेको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *