नेपाली कांग्रेस जनकपुरधाम नगर समितिले राम युवा कमिटिका पूर्व अध्यक्ष सोहन ठाकुरको निधनप्रति दुःख व्यक्त गरेको छ । नगर समितिले शनिबार शोक सन्देश जारी गर्दै ठाकुरको निधनप्रति दुःख व्यक्त गरेको हो । ठाकुरको शनिवार बिहान ८ बजे जनकपुरको काव्या अस्पतालमा उपचारको क्रममा निधन भएको हो । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ६ पेठिया बजार निवासी एवम नेपाली कांग्रेसका क्रियाशिल सदस्य समेत रहेका ठाकुरको निधनले नेपाली कांग्रेसले एक कुशल संगठनकर्ता एवम समाजसेवी व्यतिmत्व गुमाउनु परेमा गहिरो दुःख व्यतm गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । नगर समितिका सचिव रबिन्द्र कुमार सिंहद्वारा हस्ताक्षरित विज्ञप्तिमा ठाकुरको निधनले नेपाली कांग्रेस नगर कार्य समिति स्तब्ध भएको उल्लेख छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *