राहुल कुमार सिंह
अषाढ २७
लगातारको अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका जलमग्न भएको छ । वर्षाका कारण सडकहरुमा पानी जमेको छ भने नालाको व्यवस्थित निकास नभएका कारण फोहर पानी नगरवासीहरुको घरमा छिरेको छ ।
नगरको किशोरी नगर , भानु चोक , मिल्स एरिया मुरली चोक, विश्वकर्मा चोक, कदम चोक सहितका स्थानहरु पानी जमेको छ । पानीको राम्रो निकास नभएका कारण नगरवासीहरु सास्ती भोग्न बाध्य भएका हुन ।


जनकपुरधामका प्रायः सडक छेउमा रहेको घर तथा सरकारी कार्यालयहरूमा पानी जमेको छ । अविरल वर्षाका कारण जिल्ला हुलाक कार्यालय , मुख्यमन्त्री कार्यालय, ऐतिहासिक रंगभूमि मैदान बाह्रबिघा मैदान, रामानन्द चोक, जिल्ला प्रहरी कार्यालय, जनकपुर अञ्चल अस्पताललगायत स्थान जलमग्न भएका छन्।


नालाको पानी निकास नभएका कारण घर घरमा पानी पसेको छ । ढल व्यवस्थापन नभएकै कारण पानीको बहाव रोकिएको छ । यता नेपाली कांग्रेस जनकपुरधाम नगर कमिटिका अध्यक्ष एवम जनकपुरधाम उपमहानगरपालिकाका मेयरका प्रत्यासी मनोज साहले नगरको अवलोकन गरेका छन । नगरको विभिन्न वडा पुगी साहले नगरवासीहरुको समस्या बुझी नगरको समस्या समाधानका लागि नगर कमिटि सरोकारबला निकायहरुलाई ध्यानाकृष्ट गराउने बताएका छन । वर्षायामको समयमा नगरवासीहरुलाई विभिन्न समस्या पर्ने भएकोले सहायतामा जुटन नगर कमिटि लगायत नगरका सबै वडाका नेका नेता कार्यकर्ताहरुलाई उनले आग्रह गरेका छन ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *