प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली काँग्रेसले प्रदेश २ सहित देशभरका सबै वडामा प्रदर्शन गरेको छ ।‘संसद पुनःस्थापना गर, अधिनायकवाद मुर्दाबाद, केपी ओली मुर्दाबाद लगायतका नारा लगाउँदै काँग्रेसले धनुषाको नगराईन नगरपालिका लगायत देशभरका ६ हजार ७४३ वडामा प्रदर्शन गरेको हो ।यसैबीच नगराईन नगरपालिकाका वडा नम्बर ५ बाट निस्केको विरोध जुलुस वडाका विभिन्न टोल हुँदै कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै वडाध्यक्ष बिष्णु देव झाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी लोकतन्त्र र संविधानको हत्या गरेको बताउँदै ओली विरुद्ध सम्पुर्ण जनतालाई संघर्षमा उत्रिन आह्वान गरे ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *