राहुल कुमार सिंह
धान उत्पादनमा बृद्धि , आत्म निर्भरता र समृद्धि मुल नाराका साथ सोमबार धनुषाको नगराईन नगरपालिकासहित देशभर १७ औँ राष्ट्रिय धान दिवस मनाईएको छ । नगरपालिका कृषि शाखाद्वारा नगराईन नगरपालिका वडा नं. ५ मा आयोजित राष्ट्रिय धान दिवस कार्यक्रममा नगर प्रमुख परमेश्वर यादवले धान बालीको महत्ववारे प्रकाश पार्दै भविष्यमा पनि निरन्तर प्रभावकारी ढङ्गले राष्ट्रिय धान दिवस मनाउदै जाने प्रतिबद्धता गरेका छन । उनले सिचाई, मलखाद, विउ विजन लगायतका क्षेत्रमा काम गर्नुपर्ने भएपनि सबै अधिकार संघिय सरकारमा भर पर्ने अवस्थामा काम गर्न समस्या भईरहेको बताएका छन ।

कार्यक्रममा नगर उपप्रमुख रंजू कुमारी साह , प्रमुख प्रशासकीय अधिकृत राजकुमार के.सी. , नेपाल प्रेस युनियन धनुषा अध्यक्ष राजन कुमार सिंह , कमला बचाउ अभियानी बिक्रम यादव, वडाध्यक्ष प्रमोद कुमार साह , विष्णुदेव झा , कार्यपालिका सदस्य सुर्यनाथ पंडित, नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिका नगरसमिति सभापति मनोज कुमार साह , तरुण दलका विनय कुमार यादव लगायत नगरपालिकाका कर्मचारी, कृषक, समाजिक अगुवाहरूले धान रोपाई गरि राष्ट्रिय धान दिवस मनाईएको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *