नगराईन नगरपालिका गंगुली–५ का भैरव दासले हालसम्म हैण्डपाईप (चपाकल) नहुंदा खानेपानीको लागि अन्यको घरबाट पानी पिउँन् बाध्य थिए । नजिकैका घरहरूमा शुद्ध पिउने पानीको हैण्डपाईप हुँदा उनको घरमा हैण्डपाईप राख्ने क्षमता थिएन । दैनिक कमाएर खाने उनले घरमा हैण्डपाईप राख्न पटकपटक प्रयास गरे । तर, कहिल्यै पैसा पुगेन । शुद्ध खानेपानीको हैण्डपाईप जडान गर्न हजारौं रुपैया लाग्छ । ‘ खानेपानीको राम्रो स्रोत नहुंदा उनी चिन्तित देखिन्थे त कहिले खेतबारीमा सिचाईको लागि जडान गरिएको ट्युबेलको पहेँलो पानी खाँदा–खाँदा दाँत बिग्रियो । रोग पनि चाँडै लाग्छ रे भनेर हैण्डपाईप राख्न खोजेँ,’ भैरव भन्छन , ‘जनमन गरेर पैसा जम्मा ग¥यो, कहिले चामल किन्दा सकिन्छ, कहिले केटाकेटीलाई लुगाफाटा किन्दा सकिन्छ ।’ तर, शुक्रवारदेखि उनको घरमा शुद्ध पिउने पानीको लागि हैण्डपाईप जोडिएको छ ।

नगराईन नगरपालिका गंगुली–५ को जनताको लागि हैण्डपाईप वितरण तथा जडान समितिले उनीजस्तै विपन्नलाई निःशुल्क घरघरमा हैण्डपाईप पु¥याई दिएको छ । समितिले खानेपानी घरघरमा निःशुल्क जोडिदिएपछि विपन्नले वर्षौँदेखि प्रयोग गर्दै आएको आर्सेनिकयुक्त पानी क्रमशः प्रयोग गर्न छाडेका छन् । ‘पहिला त पानी ततायो भने चियारंग नहाले पनि हालेजस्तै बनाउँथ्यो । नजिको घरमा भएको हैण्डपाईपमा थाप्न जाँदा खानेपानी पनि थाप्न दिँदैन थिए,’ दासले भने , ‘लुगाको त कुरै नगरौँ । नयाँ किनेर ल्याएर एक–दुईपटक लगायो भने पहेँलो भएर लगाउनै नहुने हुन्थ्यो । तर, अहिले त घरमै खानेपानी आएको छ ।’ यस वर्षदेखि विपन्नहरुलाई लक्षित गरि शुद्ध खानेपानी वितरण भइरहेको समितिका अध्यक्ष विवेक कुमार झाले बताए । नगरपालिकाको ५ नम्बर वडामा शुद्ध पानी पु¥याउने लक्ष्य रहेको उपभोक्ता समितिका सचिव आराधना कुमारीले बताईन । खानेपानी पुगेका क्षेत्रका विपन्न नागरिकलाई शुद्ध पिउने पानीबाट वञ्चित नगराउने उद्देश्यले विपन्न नागरिकको घरघरमा खानेपानी पु¥याइएको नगराईन नगरपालिका वडा नं. ५ का वडाध्यक्ष विष्णुदेव झाले बताए । उनका अनुसार शुक्रवार ५३ जनाको घरमा हैण्डपाईप जडान गरिएको छ । ‘शुद्ध खानेपानी खान पाउनु जनताको आधारभूत अधिकार हो । त्यही उद्देश्यले हामीले हैण्डपाईप जोड्न नसक्नेको घरमा निःशुल्क खानेपानीको लागि हैण्डपाईप पु¥याएका हौँ नेपाली कांग्रेसका स्थानीय युवा नेता अजय झाले बताएका छन ।

शुक्रवार नगराईन नगरपालिका वडा नं. ५ कोभिड १९ बाट सुरक्षित रहन मास्क र सेनिटाईजर समेत वितरण गरिएको छ । वडाध्यक्ष विष्णुदेव झाले स्थानीयहरुलाई मास्क र सेनिटाईजर वितरण गरेका हुन । वितरण कार्यक्रममा रामनिवास साह , गणपति झा , कृष्ण कुमार झा , विनित झा , अनिल झा , रामईश्वर साह , अनिल झा , जगदीश मंडल , लोचन दास , रामअशिष मंडल , मंगल मुखिया सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *