असार , १४
नेपाली कांग्रेस जनकपुरधाम नगर समितिका सभापति मनोज साहले जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख लालकिशोर साह भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन । उनले नगर प्रमुख साह विकासको नाउंमा नगरपालिकामा व्यापक आर्थिक अनियमितता गरेको बताए । नेपाली कांग्रेस जनकपुरधाम नगर समितिले शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बहुमतको दम्भमा लोकतान्त्रिक प्रक्रिया र विधिलाई मिचि तानाशाही प्रवृतिले एकलौटी रुपमा अगाडि बढेको बताए । नगर प्रमुख साह नगर विकास विरोधी रहेको बताउंदै नगर प्रमुखमा निर्वाचित भएदेखि नगरपालिकाले देखिने एउटा पनि काम गर्न नसकेको आरोप लगाए । पत्रकार सम्मेलनमा आफनो कुरा राख्दै जउनपा वडा नं.९ का अध्यक्ष परमेश्वर साहले नगर सभामा आफनो असहमति राख्न समेत नदिने गरेको गुनासो पोखे । साहले हतार हतारमा ल्याईएको बजेटमा त्रुटि नै त्रुटि रहेको दावी गरे । बजेट निर्माणमा हामीलाई कुनै सहभागिता नगराई आफुखुसी हचुवाको भरमा बजेट ल्याईएको प्रति दुःखेसो पोखे । बजेट योजनामा तर्जुमा समितिको संयोजक समेत रहेकी उपमेयर रिता मिश्रलाई पनि बजेटको विषयमा केही जानकारी नभएको बजेट प्रस्तुत गर्ने क्रममा उपमेयर मिश्रले बताएको साहले बताए । जनताले तिरेको करबाट निर्माण हुने बजेटमा नगर सभा संचालन खर्चमा ३० लाख बिनियोजन गरिएकोमा आश्चर्य व्यतm गर्दै लामखुटटे समस्या जस्ताको त्यस्तै रहे पनि लामखुटटे नियन्त्रणको नाममा ५० लाख खर्चिएको प्रति आक्रोश पोखे । वडाध्यक्ष साहले सबारी खरिदमा ३ करोड १९ लाख रुपैया खर्चिएर कमिशनको मोटो रकम मेयर साहले कुम्लायाएको आरोप लगाए । नगर सभापति मनोज साहको अध्यक्षतामा र नेपाली कांग्रेस धनुषा उपसभापति संतोष यादवको प्रमुख आतिथ्यमा भएको पत्रकार सम्मेलनमा जिल्ला सचिव विशेश्वर यादव, क्षेत्रिय सभापति कन्हैया कर्ण , जिल्ला सदस्य गणेश झा , अर्जुन चौधरी , जउनपा वडा नं. ५ का अध्यक्ष मनोज साह , १० का मिथिलेशलाल कर्ण , १२ का सत्रुधन यादव र १५ का अशोक चौधरी , सम्झना वर्मा सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो । जनकपुरधाम उपमहानगरपालिकाले शुक्रवार आ.व. २०७५।७६ को लागि १ अर्ब ६९ करोड ५५ लाख ७२ हजार २ सयको आय व्यय प्रस्तुत गरेको छ ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *