संयुक्त विद्यार्थी संगठनले संविधानको धारा ७६ लागू गर्न माग गर्दै जनकपुरमा प्रर्दशन गरेका छन । विपक्षी पाँच दलीय गठबन्धनका भातृ संगठनले संविधानको धारा ७६ लागू गर्न माग गर्दै सोमवार जनकपुरधाममा प्रदर्शन गरेका हुन । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ रेल्वे स्टेशनबाट शुरु भएको विद्यार्थीहरुको जुलुश नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले दोश्रो पटक संसद विघठन गरेपछि विपक्षी दल आवद्ध संयुक्त विद्यार्थी संगठन धनुषाले संविधान रक्षाको लागि भन्दै प्रर्दशन गरेका छन् ।

प्रदर्शनका क्रममा सहभागी विद्यार्थीहरुले संविधानको धारा ७६ लागू गर्न माग गरेका छन् । जनकपुरधामको रेल्वे स्टेशन, भानु चोक, शिव चोक हुँदै जनक चोकसम्म संविधान प्रदर्शन गर्दै कोणसभामा परिणत भई समापन भएको थियो । जुलुशमा संयुक्त विद्यार्थी संगठनमा अखिल (क्रान्तिकारी), अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, समाजवादी विद्यार्थी यूनियन र अखिल (छैठौँ) सहभागी थिए ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *