नेकपा एमालेकी नेतृ जुली कुमारी महताले धनुषा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने भएकी छन् ।
एमालेकी पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री समेत रहेकी महतो अगामी मंसिर ४ गतेका लागि प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन मिति घोषणा भएसँगै धनुषा क्षेत्र नं. ३ बाट उम्मेदवारी घोषणा गरेकी हुन् । यहाँको अवस्था विगतभन्दा निकै सहज हुने देखेपछि उम्मेदवारी घोषणा गरेको उनले बताइन् ।
२०७४ को निर्वाचनमा यस क्षेत्रबाट लोसपाका नेता राजेन्द्र महतोले विमलेन्द्र निधिलाई पराजित गरेका थिए ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *