के तपाईलाई स्वास्थ्य सम्बन्धि कुनै समस्या छ ? फोनबाटै स्वास्थ्य सम्बन्धी सल्लाहको आवश्यकता छ । यसो हो भने अब तपाईले चिन्ता मान्न नपर्ने भएको छ । जनकपुरधाम स्टेशन रोडस्थित धनुषा अस्पतालले सर्वसाधरणको स्वास्थ्य सम्बन्धी समस्यालाई ध्यानमा राखी पैसा नलाग्ने टोल फ्रि नम्बर सार्वजनिक गरेको छ । कुनै स्वास्थ्य सम्बन्धि समस्या भए तपाईले पैसा नलाग्ने टोल फ्रि नम्बर १६६०४१५२५०० नम्बर डायल गरेर धनुषा अस्पतालमा फोन मार्फत नै स्वास्थ्य सम्बन्धी जानकारी लिन सक्नु हुनेछ । अस्पतालले शनिबार पत्रकार सम्मेलन गरेर पैसा नलाग्ने टोल फ्री नम्बर सार्वजनिक गरेका हुन् । सर्वसाधारणको सहजताका लागि टोल फ्री नंबर संचालनमा ल्याइएको जानकारी दिईएको छ । कोरोना कालमा नियमित स्वास्थ्य सेवा प्रवाह गर्दै आएका अस्पतालले केही दिनमै हेल्थ काउनसेलिंग शुरु गर्ने जनाएको छ । अस्पतालले डिस्चार्ज भईसकेका बिरामीहरुलाई समेत एक सप्ताहसम्म निगरानी गर्दै आएको जनाईएको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *