जनकपुरधाम, भदौ ४ गते । धनुषामा गाडीको ठक्करबाट गम्भीर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ । धनुषाको मिथिला नगरपालिका–९ की ५५ वर्षीया रेवती घर्ती मगरको मृत्यु भएको हो । गत साउन ३१ गते बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.१ ज. ७१३४ नम्बरको विंगरले पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका–९ बडहरीस्थित ग्लोबल होटल अगाडि पैदलयात्री मगरलाई ठक्कर दिएको थियो । विङ्गरको ठक्करबाट गम्भीर घाइते भएकी मगरलाई उपचारको लागि विराटनगर लगिएको थियो । प्रहरीका अनुसार उनको टाउकोमा गम्भिर चोट लागेको थियो । मगरको शुक्रबार बिहान विराटनगरस्थित विराट नर्सिङ्ग होममा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए । उनका अनुसार ठक्कर दिने विङ्गर र विङ्गर चालक सिरहाको धनगढीमाइ नगरपालिका–९ का ३५ वर्षीय रंजित लामा प्रहरीको नियन्त्रणमा रहेको छ । लामामाथि सवारी ज्यान मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अघि बढाइएको ईन्स्पेक्टर सुवेदीले बताए ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *