धनुषामा मोटरसाइकल दुर्घटनामा परी एकजनाको ज्यान गएको छ । एकजना घाइते भएका छन् । धनुषाधाम नगरपालिका–६ मालटोलका ४२ बर्षीय रामबहादुर गोले मगरको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएका छन् । शनिवार साँझ पूर्वपश्चिम लोकमार्ग अन्तर्गत धनुषाधाम नगरपालिका–६ मालटोलस्थित पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ७४ प ७५३९ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको ज १२ प १६७२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए । दुर्घटनामा परेर गम्भीर घाइते भएका मगरको धनुषाको लालगढस्थित मोडेल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा अर्का गम्भिर घाइते बा ७४ प ७५३९ नम्बरको मोटरसाइकल चालक सिरहाको कर्जन्हा नगरपालिका–५ बस्ने २४ बर्षीय अभिषेक घिमिरेको मोडेल हस्पिटलमै उपचार भइरहेको प्रहरी निरीक्षक सुवेदीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएका छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *