असोज ३०
धनुषाको विभिन्न स्थानमा बिहीवार प्रहरीले छापामारी गरेको छ । धनुषामा नक्कली चुरोटको अवैध बिक्री–वितरण भईरहेको पाईएपछि प्रहरीले छापामारी गरी विभिन्न व्यतिmलाई पक्राउ गरेको छ । बिहीवार जनकपुरधामको माछा बजार स्थित दिपेश किराना पसलमा छापामारी गरी नक्कली चुरोटसहित दुई जनालाई पक्राउ गरेको छ । त्यस्तै जिल्लाको गोदारस्थित रुबी किराना पसलमा छापामारी गरि नक्कली चुरोट बरामद गरिएको छ । नेपाल सरकारले आर्थिक वर्ष २०७१र७२ देखि लागू हुने गरी सुर्तिजन्य पदार्थमा कडाइ गरे पनि कार्यान्वयन पक्ष फितलो भएका कारण सुर्तिजन्य पदार्थको अवैध कारोबार मौलाउँदै गएको छ । सुर्तिजन्य ऐन २०६८ ले सार्वजनिक स्थलमा चुरोट, बिडी, गुट्खा र कंकड सेवनमा रोक लगाएको छ । त्यसैगरी सुर्तिजन्य पदार्थको प्याकेटमा ७५ प्रतिशत भाग खतरामूलक सन्देशको चित्र छापिएको हुनुपर्ने छ । तर, कानुनमा व्यवस्था भएअनुसार सम्बन्धित निकायबाट समयमा बजार अनुगमन नहुँदा अहिले बजारमा मापदण्ड विपरीत उत्पादन भएको सुर्ति तथा सुर्तिजन्य पदार्थहरु खुलेआम बिक्री–वितरण भएको भेटिएको छ । भारतसँग सीमा जोडिएका ग्रामीण क्षेत्रमा नेपाली उत्पादनको नक्कल गरी भारतमा उत्पादन भएका चुरोट तथा सुर्तिजन्य पदार्थहरु खुलेआम नेपाल प्रवेश गर्दा नेपालका ग्रामीण तथा बजार क्षेत्रमा त्यस्ता नक्कली उत्पादनले प्रश्रय पाउन थालेको छ । भारतीय बजारबाट भन्सार छली ल्याइएका यस्ता पदार्थ खुलेआम पाउन थालेपछि लाखौंको राजस्व सरकारले गुमाइरहेको छ । नाम चलेका नेपाली उत्पादक कम्पनीहरु अहिले नक्कली चुरोटको घटनाले स्वदेशी उद्योग नै धरासायी हुने खतरा बढेर गएको छ ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *