धनुषामा नयाँ राहदानी बनाउने काम बन्द भएको छ । प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले एक सूचना जारी गर्दै एमआरपी राहदानी फारम संकलन काम बन्द गरिएको जानकारी दिएका छन् । नेपाल सरकारले मंसिर १ गते देखि विद्युतिय राहदानी जारी गर्नेकार्यको प्रारम्भ गरेको र सोको लागि डाटा माइग्रेसन लगायत प्राविधिक तयारी गर्नुपर्ने भएकोले राहदानी विभागबाट आएको पत्र अनुसार नयाँ राहदानी जारी गर्ने कामकाज बन्द गरिएको छ । वैदेशिक रोजगारीको लागि धनुषाबाट सबैभन्दा बढी व्यक्ति जानेगरेकोले यहाँ राहदानी बनाउनेको चाप हुन्छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *