नेपाली कांग्रेस धनुषामा क्रियाशिल सदस्यता वितरणमा धाँधली भएको भन्दै नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालय धनुषामा रिले अनुसन सुरु भएको छ । बिहीवारदेखि काँग्रेस नेता नबल किशोर यादवले अनसनको नेतृत्व गरिरहेका छन् । उनको अध्यक्षतामा नेपाली काँग्रेसका नेता कार्यकर्ताहरु अनसन शुरु गरेका हुन् । पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्र विपरित वितरण गरिएको नयाँ क्रियाशिल सदस्यता खारेज गर्नुपर्ने आफूहरुको माग रहेको नेता यादवले बताएका छन । धनुषा क्षेत्र नम्बर १ र ४ का सभापतिले क्रियाशिल सदस्यता वितरणमा धाँधली गरेको नेपाली कांग्रेसका य्ुुवा नेता संजिव यादवले बताए । उनले काठमाडौंस्थित केन्द्रीय कार्यालयमा धर्ना बसेका पूर्व साँसद चन्द्रमोहन यादवको समर्थनमा आफूहरु यहाँ अनसन सुरु गरेको बताए ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *