जनकपुरधाम, साउन १५ गते ।
धनुषामा आँप बगैंचामा एकजना पुरुषको शव वेवारिशे अवस्थामा फेला परेको छ । धनुषाको मिथिला नगरपालिका(८ जमुनिवास नजिक बिहिबार साँझ अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको हो । मृतकको दायाँ आँखाको ‘आँखी भौ’ नजिक सामान्य चोट देखिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवदीले जानकारी दिए । मृतकको पहिचान खुल्न नसकेका कारण सनाखत हुन सकेको छैन । मृतक पुरुषको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरी निरीक्षक सुवेदीले बताए ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *