अषाढ १९
धनुषाको शहीदनगर नगरपालिकाको आर्थिक वर्ष २०७६।०७७ का लागि ४३ करोड १२ लाख ६४ हजार बजेट विनियोजन गरिएको छ । बिहिबार शहीदनगर नगरपालिकाको भएको तेस्रो नगरसभामा प्रस्तुत गरिएको बजेटमा कृषिलाई प्राथमिकता दिईएको छ । बजेटमा कृषिका अतिरिक्त शिक्षा, स्वास्थ्यलाई समेत ग्राह्यतामा राखिएको छ । कुल बजेटको पुजिगत तर्फ १७ करोड ६७ लाख ६५ हजार, चालु तर्फ ९ करोड १० लाख ९९ हजार विनियोजन गरिएको छ । त्यस्तै सशर्त अनुदान तर्फ १६ करोड ३४ लाख रहेको छ । वडा स्तरमा विकास गर्नका लागि प्रत्येक वडाका लागि १ करोड बजेट छुट्याइएको छ । राजश्व वाँडफँडबाट १० करोड ४२ लाख ७९ हजार अनुमानित आय रहेको छ । जसमा संघ सरकारबाट ९ करोड ९३ लाख, पदेश सरकारबाट ४९ लाख ७९ हजार रहेको छ । आन्तरिक श्रोतबाट ३ लाख रुपैया अनुमानित आय रहेको छ ।
बजेट प्रस्तुत गर्दै शहीदनगर नगरपालिकाका मेयर उदय बरबरिया यादवले विकासमा कुनै किसिमको सम्झौता नहुने बताएका छन । आफु जनताको सेवाका लागि निर्वाचित भएको भन्दै कुनै किसिमको गुनासो भए खुलेर बताउन नगरवासीहरुलाई आग्रह गरे । आफुलाई सबैको सहयोगको आवश्यकता रहेको भन्दै उनले विपक्षीहरुको टिकाटिप्पणीले झन उर्जा थपिएको बताए । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिजराज कणेलले मेयर बरबरियाको कार्य प्रशंसनीय रहेको बताउंदै नगरपालिकाले प्रस्तुत गरेको नीति कार्यक्रम उत्कृष्ट रहेको बताए । उनले विकास जनताकै लागि हुने भएकोले जनता समेत विकासको काममा सहभागी हुनुपर्नेमा जोड दिए ।


कार्यक्रममा विभिन्न क्षेत्रका व्यतिmहरुलाई सम्मानित समेत गरिएको छ । पर्यावरण क्षेत्रमा अतुल्नीय योगदान दिदै आएका कमला बचाउ अभियानका बिक्रम यादव , विभिन्न विद्यालयका शिक्षक शिक्षिकाहरुलाई समेत सम्मान गरिएको छ ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *