धनुषाको शहिदनगर नगरपालिकामा जडिबुटी अभियान सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एक घर पाँच योग र पाँच जडिबुटी अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रम यदुकुहा आयुर्वेद औषधालय योग हलमा सम्पन्न भएको हो । वडाध्यक्ष नागेन्द्र प्रसाद मडलको अध्यक्षतामा एवम नगर उप—प्रमुख शिला देवी कापरको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरु , समाजसेवी ,बुधिजिबी,महिला एवम भु पु सान्सद शिव धारी यादव , प्रमुख प्रशासकीय प्रमुख नन्द किशोर झा लगायतको उपस्थिति रहेको थियो । तुलसी,पुदिना,कल्पनाथ , घिउ कुमारी र असुरो को बोट एवम पाँच ओटा गमला सबै सहभागी लाई नगर उप प्रमुख शिला देवि कापर एवम वडाअध्यक्ष नागेन्द्र मन्डल र कार्यकारी प्रमुख नन्द कुमार झाद्वारा बितरण गरिएको छ ।त्यस्तै सबै वार्ड्मा योग अध्यक्ष लाई एक थान पोर्टेवल बाजा र तिरपाल समेत बितरन गरिएको छ ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *