नेवि संघले जनकपुरमा शनिवार प्रर्दशन गरेको छ । बालुवाटार जग्गा प्रकरणमा मुख्य दोषीलाई उन्मुक्ति दिईएको भन्दै सरकार र अख्तियारविरुद्ध जनकपुरमा संघले प्रदर्शन गरेको हो । बालुवाटार जग्गा प्रकरणमा मुख्यदोषीहरुलाई उन्मुक्ति दिएर सरकारले राजनीतिक पूर्वाग्रह प्रदर्शन गरेको र अख्तियार पनि सरकारकै मतियार बनेको प्रदर्शनकारीहरुले आरोप लगाएका छन् । जग्गा प्रकरणका मुख्य दोषी तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, नेकपाका महासचिव विष्णु पौडेल, तत्कालीन मुख्यसचिव लिलामणी पौडेललाई उन्मुक्ति दिएर उपसभापति गच्छदारमात्र किन फसाइएको भन्दै उनीहरुले प्रश्न गरेका छन् । राजनीतिक पूर्वाग्रहको हिसाबले लगाइएको गच्छदारविरुद्धका मुद्दा फिर्ता लिन उनीहरुले माग गरेका छन् । नेविसंघ राराब क्याम्पस इकाई समितिका सभापति सुजित यादवको अध्यक्षता तथा नेपाली कांग्रेस धनुषाका नेता नरेश यादवको आतिथ्यमा भएको विरोध कार्यक्रममा नेविसंघका पूर्व केन्द्रीय सदस्य संजीव यादव, तरुण दलका पूर्व केन्द्रीय सदस्य नवल यादव, नेविसंघ धनुषाका नेता संजय यादव, पुष्पेन्द्र गोइत लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *