हाल देशभरको मौसम सामान्य देखि पूर्ण बदली रहेका छन् । देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको हुनाले अधिकांश स्थानमा वर्षा भइरहेको हो । खासगरी प्रदेश १, २ बाग्मती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

बुधबार देशभर मौसम सामान्य देखि पूर्ण बदली रहनेहो । प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा उच्च वर्षा तथा एक वा दुई स्थानहरुमा अत्यधिक वर्षाको सम्भावना रहेको छ समेत महाशाखाले उल्लेख गरेका छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *