प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संसद विघटन गर्ने असंवैधानिक एवं अलोकतान्त्रिक कदमका विरुद्ध नेपाली कांग्रेस धनुषाले प्रतिनिधिसभाको चार वटै निर्वाचन क्षेत्रमा ब्यापक विरोध प्रदर्शन गर्ने भएको छ । कांग्रेस धनुषाले क्षेत्र नं. १ को धनुषाधामबाट मोटरसाईकल जुलुशसहित बिरेन्द्रनगरबजार हाती चोकमा , क्षेत्र नं. २ को शहिदनगर नगरपालिकामा , क्षेत्र नं.३ को नगराईनमा र क्षेत्र नं. ४ को महेन्द्रनगरमा पौष १३ गते सोमवार संसद विघटन, सर्वसत्तावाद, भ्रष्टाचारको विरुद्ध र लोकतान्त्रिक संविधानको पक्षमा ¥यालीसहित विशाल विरोध प्रदर्शन गर्न लागिएको नेपाली कांग्रेस धनुषाले जनाएको छ । कांग्रेसले देशव्यापी रुपमा १६५ वटै निर्वाचन क्षेत्रमा एकसाथ सोमवार विरोध प्रदर्शन गर्न लागेको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *