आज देशको पहाडी भूभागको मौसम घाम लाग्दै बादल लागेपनि बाँकी ठाउँको मौसम भने सफा रहने मौसमविद्ले बताएका छन् । अहिले नेपालमा पानी पार्ने कुनै पनि प्रणाली सक्रिय नभएकाले तत्काल पानी पर्ने सम्भावना नरहेको वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभए । उहाँका अनुसार उच्च पहाडी तथा हिमाली भेगमा भने हल्का हिमपातको सम्भावना हो । सामान्यतया दिउँसो र राति मौसम सफा हुँदा बिहानको तापक्रम घट्छ । केही दिनयता राति मौसम सफा हुँदा देशभरी नै न्यूनतम तापक्रम घटेर चिसो बढ्दै गएको मौसमविद् प्रधानाङ्गको भनाइ हो । महाशाखाका अनुसार हिजो जुम्लाको न्यूनतम तापक्रम २ डिग्री सेल्सियसमा झरेको हो । यस्तै जोमसोमको ३ दशमलव ५ डिग्री सेल्सियस र जीरीको न्यूनतम तापक्रम ४ दशमलव ८ डिग्री सेल्सियसमा झरेको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *