काठमाडौँ । सत्ताररूढ गठबन्धनले गठन गरेको कार्यदलले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम बारेको प्रतिवेदन नेतृत्वलाई बुझाएको छ। कार्यदलको तयार पारेको प्रतिवेदन आज बिहान सत्तारुढ गठबन्धनका शीर्ष नेतृत्वलाई बुझाइएको कार्यदल संयोक काँग्रेस नेता पूर्णबहादुर खड्काले जानकारी दिनुभयो । बालुवाटारमा प्रतिवेदन बुझ्ने क्रममा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपा अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतका शीर्ष नेता सहभागी थिए। खड्का नेतृत्वको कार्यदलमा काँग्रेसबाट मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव सदस्य हुनुहुन्थ्यो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *