बिशाल चौधरी

बैशाख १३

धनुषाका दुध तथा दुग्ध पदार्थ उद्योगी व्यवसायीहरुलाई GMP/HACCP सम्बन्धी एक दिने तालिम दिईएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको आयोजनामा सम्पन्न भएको सो तालिममा सहभागीहरुलाई ‘दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्दे्शिका , २०७५’ बारे जानकारी गराईएको छ । दूधको गुणस्तर कायम गर्न पहिलो जिम्मेवार निकाय दुग्ध व्यवसायी र किसान हुने भएकाले निकै सचेत बनेर गोठ सुधार र सरसफाइका मापदण्डहरू लागू गर्नुपर्नेमा जोड दिईएको छ । तालिममा सहभागीहरुले सरकारले चेतनामूलक कार्यक्रमहरू र अनुदानमा दूध मूल्य श्रृंखला सुधारमा किसानलाई आवश्यक सामग्री र सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

डेरी क्षेत्रको विकास र गुणस्तर कायम गर्नुमा हामी उद्योगीहरू पनि उत्तिकै जिम्मेवार हुनुपर्छ भन्दै उनीहरुले सरकारले हालै ल्याएको डेरी क्षेत्रको गुणस्तर सुधारको निर्दे्शिका निकै स्वागतयोग्य रहेको धारणा व्यतm गरेका छन । उत्पादनमा गुणस्तरीयता कायम भएन भने कुनै पनि क्षेत्र अघि बढ्न नसक्ने बताउंदै दुग्ध क्षेत्रमा गुणस्तरीयता कायम हुनुपर्छ भनेर वर्षौंदेखि लागिपरेका छौं । सहभागीहरुले राज्यले ल्याएको नियमलाई हामी स्वागत गर्दै कार्यान्वयनका लागि पनि प्रतिबद्धता व्यक्त गरेका छन । कार्यक्रममा सहभागीहरुलाई खाद्य प्रविधिक धनुषाका निरीक्षक प्रविण कुमार तिवारी , बिराटनगरका  खाद्य प्राविधिक बिज्ञ  प्रमोद कोइराला , काठमाडौका  बिमल कुमार दहाल लगायतकाले प्रशिक्षण दिएका थिए ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *