जनकपुरधाम, फागुन ९ गते । नेपाली कांग्रेस धनुषाको सभापतिमा शेखर कोइराला समूहले दिनेश प्रसाद प्रसैलालाई आफ्नो उम्मेदवारको रुपमा अगाडी बढाएका छन् । सोमबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै कांग्रेसका केन्द्रीय सहमहामन्त्री बद्री पाण्डेले प्रसैलाको नाम सभापतिको लागि घोषणा गरेका हुन् । सहमहामन्त्री पाण्डेले जिल्ला अधिवेशनमा आफुहरु जित्ने बताए । उनले भने, ‘केन्द्रीय अधिवेशनमा इतर पक्षमा ४० प्रतिशत मत आएको थियो । अहिले देउवा पक्ष आफै विभाजित रहेकाले हाम्रो जित पक्का हुन्छ ।’ इतर समूहबाट उम्मेदवार बनेका प्रसैला पूर्व सांसद हुन् । सभापतिको उम्मेदवार बनेका प्रसैलाले आफु सभापति जिल्लाको सबै निर्वाचन क्षेत्रमा कांग्रेसलाई विजयी बनाउने बताए । उनले चार वटै निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवारलाई विजयी बनाउन नकसे आफुु पदबाट नै राजिनामा दिने समेत बताए । यस अघि पार्टीका केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा समुहबाट दिपक यादव र विमलेन्द्र निधीको समूहबाट क्षिरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियार उम्मेदवार बनेका छन् । धनुषामा फागुन १५ गते कांग्रेसको जिल्ला अधिवेशन हुँदैछ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *