दलित भएकै कारण जनकपुरधाम उपमहानगरपालिका वडा नं. १८ भोईलका एक दलित परिवारलाई स्थानीय केही युवाहरुले मारपिट गरेका छन । कृष्णजन्माष्टमीको अवसरमा निर्माण गरिएको मुर्ति सेलाई रहेको ठाउंमा पुगेका जनकपुरधाम उपमहानगरपालिका वडा नं. १८ भोईलका दलित महिला सुमित्रा देवी महरा र उनकी बुहारी प्रमिला देवी महरालाई दलितलाई धर्मकर्मको स्थानमा आउन नमिल्ने भन्दै स्थानीय संतोष मंडल , सुधीर मंडल , सरोज मंडल , ऋषि मंडल सहितका युवाहरुले निर्घात मारपिट गरेका हुन । उनीहरुले गाली गलौज गर्न थालेपछि आफुहरु त्याहांबाट निस्कन खोज्दा घेराबन्दी गरेर मारपिट गरेको पिडितले गुनासो पोखेका छन । मारपिट पछि घाईते भएकी सुमित्राको जनकपुर अंचल अस्पतालमा उपचार भईरहेको छ भने बुहारी प्रमिलाको अवस्था समान्य रहेको छ । मारपिट बारे कुनै किसिमको उजुरी गरे बालात्कार गरी दुवैलाई ज्यान मार्ने धम्की समेत दिएको पिडित महराले बताएकी छिन ।
दलित बचावका निम्ति नेपालमा कानुन भए पनि हजारौं दलित अझै शोषणमा छन् ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *