प्रहरी हिरासतमा भएको थुनुवा मृत्यु घटनाको निष्पक्ष छानविनको माग गर्दै स्थानीयबासिन्दाले दुईघण्टा जनकपुर ढल्केवर सडक खण्ड अवरुद्ध गरेका छन् ।धनुषाको लक्ष्मीनियामा आज साँझ ५ बजेदेखि ७ बजेसम्म स्थानीय बासिन्दाले सडक जाम गर्दै प्रदर्शन गरेका हुन् । घटनाको निष्पक्ष छानविन, दोषीमाथि कारबाही तथा क्षतिपुर्तिको माग गर्दै स्थानीयबासीले सडकजाम गरेका छन् । जुभाइको विवादमा ज्यानमार्ने तथा अंगभंग मुद्दामा पक्राउ परेका धनुषाको लक्ष्मीनिया गाउँपाकिला २ सिनुरजोडाका ४२ वर्षीय पल्टु रविदास शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवा कक्षको शौचायमा मृत फेला परेका थिए ।शौचालयको पासो गञ्जीले पासो लागि झुन्डिएको अवस्थामा रविदास मृत भेटिएका थिए । परिवारजन र गाउँलेले रविदासको हत्या भएको दावी गरेका छन् । प्रहरीले उनले आत्महत्या गरेको बताएका छन् । आफन्तजन तथा गाउँलेले शुक्रबार पनि जिल्ला प्रहरी कार्यालय धनुषा अगाडी प्रदर्शन गरेका थिए ।धनुषा जिल्ला अदालतले रविदासलाई २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर विपन्नताको कारण रकम बुझाउन नसक्दा उनी कारागारमै रहन बाध्य एका थिए। सिन्धुली कारागार पठाउने तयारी भइरहेका बेला उनी हिरासतमै मृत भेटिए थिए ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *