१४ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३,३६५ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५५५ पीसीआर परीक्षणमा २३३५ जना र ४६८७ एन्टिजेन परीक्षणमा १०३० जना गरी ३३६५ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ र १३७३ जना संक्रमणमुक्त भएका छन् । बिहीबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ९० हजार ३४२ पुगेको छ । तीमध्ये ९ हजार ८०७ जनाको मृत्यु भएको छ भने ६ लाख ५० हजार ४४५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ३९० जना रहेका छन् । जसमध्ये २७ हजार ३५५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६३६ जना आईसीयू र १६० जना भेन्टिलेटरमा उपचाररत् छन् ।
कुन जिल्लामा कति संक्रमित थपिए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५९७, झापामा २७२, कास्कीमा २४८, सुनसरीमा १७०, ललितपुरमा १५५ र भक्तपुरमा १०८ जनामा कोरोना संक्रमण देखिएको छ ।यस्तै चितवनमा ९६, मोरङमा ७२, मकवानपुरमा ६६, नवलपरासी पुर्वमा ५६, नुवाकोट र तनहुँमा ४५र४५ र रुपन्देहीमा ३४ जना कोरोना संक्रमित थपिएका छन् । गोरखामा ३१, कैलालीमा २७, दाङमा २६, बागलुङमा २०, सुर्खेतमा १७, धनकुटामा १५, पाल्पामा १४, जुम्लामा १३, सिन्धुपाल्चोकमा १२, सिन्धुलीमा ११ तथा सर्लाही, काभ्रेपलाञ्चोक र अर्घाखाँचीमा १०र१० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *