नेपालमा थप २ हजार ४ सय ३३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १४ हजार ३ सय ७४ कोरोना परीक्षण गर्दा थप २ हजार ४ सय ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ८ लाख ३६ हजार ८ सय ८३ पुगेको हो । यस्तै गत २४ घन्टामा थप २६ जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १० हजार ६ सय ३८ पुगेको हो । मन्त्रालयको तथ्याङ्क अनुसार गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये १ हजार ९ सय २९ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या ७ लाख ५ हजार ८ सय ९३ पुगेको हो । यस्तै हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ३ सय ८४ रहेको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *