बाँकेमा कोरोना सङ्क्रमितको उपचारमा देखिएको समस्या र समाधानका बारेमा अध्ययन गर्न स्वास्थ्य मन्त्रालयको विज्ञ टोली शनिबार नेपालगञ्ज जाँदै छ । मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा गुणराज लोहनीको नेतृत्वमा विज्ञ टोली त्यसतर्फ जान लागेको छ । आफूहरू २ हप्ता रहनेगरी नेपालगञ्ज जान लागेको डा लोहनीले बताउनुभयो । उहाँका अनुसार कोरोना सङ्क्रमितको उपचारमा देखिएको भौतिक, आर्थिक समस्या, सीमा नाकामा भएको जाँच र समस्या, जनशक्ति व्यवस्थापन लगायतका सबै पक्षमा विज्ञ टोलीले अध्ययन गरी आवश्यक निर्णय गर्नेछ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *