दाङ तुलसीपुर बजारको एक जुत्ताचप्पल गोदानमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको हो । तुलसीपुर उपमहानगरपालिका ५ ‘ङ’ लाईनस्थित इरम फुटवेयर जुत्ता चप्पल पसलको गोदाममा आगलागी हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएका छन् । हुसेन बक्सले सञ्चालन गरेको पसलमा आगलागी हँुदा ज्यान गुमाएकाको शव बाहिर निकाल्न समस्या भइरहेको डिएसपी श्यामु अर्यालले जानकारी दिनुभए । घटनामा बालबालिकासहित पाँचको शव रहेको र बाहिर निकाल्ने प्रयास भइरहेको उहाँले बताउनुभएका छन् । मृतकहरूको सनाखत हुन बाँकी छ । विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले आशङ्का गरेका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *