अफगानिस्तान तालिबानको नियन्त्रणमा आएपछि उक्त समूहको उच्च नेतृत्वमा रहेका नेताहरू कतारबाट स्वदेश फर्केका छन् । स्वदेश फर्किनेमध्ये कतिपय नेताहरूले कतारमा निर्वासित जीवन बिताइरहेका थिए । तालिबानका संस्थापक मध्येका एकजना नेता मुल्लाह अब्दुल गनी बरादर पनि अफगानिस्तान पुगेको बिबिसीले लेखेको हो । २० वर्षअघि अमेरिकी फौजले तालिबानलाई हटाउनु अघिसम्म कान्दहार उनीहरूको महत्वपूर्ण आधार क्षेत्र रहेको थिए । उदहार विमानस्थलबाट उहाँ कारमा बसेर बाहिरिँदा उहाँको स्वागत गर्न कैयौँ मानिसहरू आएको देखिने भिडियो फुटेजहरू बाहिरिएको बिबिसीले उल्लेख गरेको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *