सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा रहेको पाँचपोखरीसम्म पुग्नका निम्ति ताङ्गु खोलामा झोलुङ्गे पुल निर्माण भएको हो । पवित्र धार्मिक तथा पर्यटकीयस्थल पाँचपोखरीसम्म पुग्नका लागि ताङ्गु खोलामा ७८ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको हो । निमार्ण भएको पुलको गाउँपालिका अध्यक्ष टासी लामाले बिहीबारे उद्घाटन गर्नु भएको वडा न ३ का वडाध्यक्ष ङिमा छिरीङ तामाङले जानकारी दिनुभए । तीर्थयात्रीहरूको सहजताका निम्ति जनैपूर्णिमाको अवसर पारेर पुलको उद्घाटन भएको हो । तर गाँउपालिकाले कोरोनाको कारण मेला भने यो बर्ष नगर्न आग्रह गरेको हो । संघीय मामिला तथा क्षेत्रगत झोलुङ्गे पुल कार्यक्रम, थाङपाल गाँउपालिका र स्थानीयको २ प्रतिशत जनश्रमदान गरि ४४ लाखमा पुल निमार्ण सम्पन्न भएको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *