भारतमा देखिएको चक्रवात ‘ताउ ते’को प्रभाव नेपालमा कम हुँदै गएको हो । मौसममा शुक्रवारबाट सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । देशका धेरैजसो भूभागमा शुक्रवार मौसममा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको भनाइ हो । दिउँसो देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्सहित सामान्य वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो । सुदूरपश्चिम र प्रदेश न १ का केही स्थानहरुमा अपराह्नतिर भारी वर्षाको सम्भावना रहेको हो । राति भने देशका अधिकांश पहाडी भूभागमा सामान्य बदली रहने पूर्वानुमान गरिएको हो

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *